धाकृष्ण मन्दिर लामेआहालमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने

पाेखरा | भदौ २९, २०८०

धाकृष्ण मन्दिर लामेआहालमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने

पोखरा:  भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।

 

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत जयन्तीको अवसर पारी ख्यातीप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजबाट भागवत कथा वाचन गरिने प्रष्ठिानका उपाध्यक्ष विष्णुुप्रसाद पौडेलले जानकारी दिनुुभयो । 

 

भावगत जयन्तीकै अवसरमा असोज ६ गते प्रतिष्ठानद्वारा    गुरुकुल संस्कृत मा.वि. तह(कक्षा ९–१२) गण्डकी प्रदेशस्तरीय भागवत वाचन प्रतियोगिता समेत गर्न लागिएको सल्लाहकार माधवशरण उपाध्यायाले जानकारी दिनुुभयो । प्रतियोगितामा स्तुतिप्रकरण, गद्यप्रकरण र शलाका माध्यमद्वारा सम्पूर्ण भागवत अन्तर्गत वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार स्तुतिप्रकरणमा वेदस्तुति दशमस्कन्धको ८७ अध्याय, भीष्मस्तुति प्रथमस्कन्धको ९ अध्याय र रासपञ्चाध्यायी दशमस्कन्धको २९, ३०, ३१, ३२ र ३३ अध्याय निर्धारण गरिएको छ । त्यस्तै गद्यप्रकरणमा भरतोपाख्यान पञ्मस्कन्धको ७, ८ र ९ अध्याय तोकिएको छ ।

 

भागवत वाचनको यति, गति, लय, शुद्धाशुद्धी र स्पष्टतालाई आधार मानिएको जानकारी गराउँदै उहाँले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ११ हजार, सात हजार ५००, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताउनुुभयो ।


प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका पीठाधिश प्राज्ञ मुकुन्दशरण उपाध्यायले बेद, गीता जस्ता धार्मिक ग्रन्थहरू नेपालमा नै लेखिएको कुरालाई हामीले प्रचारप्रसार गर्न नसकेको बताउनुुभयो । हाम्रा मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताउँदै उहाँले ज्ञानमहायज्ञमा कथा श्रवण गरी लाभान्वित बन्न सबैलाई आग्रह गर्नुभयो । 


प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका सह अध्यक्ष गणेशबहादुर खत्रीले प्रतिष्ठानले गर्न लागेको श्रीमद्भागवत् महापुुराण ज्ञानमहायज्ञ (सप्ताह) कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभएको स्पष्ट पार्नुुभयो । महायज्ञका क्रममा भक्तजनबाट स्वतस्फुर्त प्राप्त भएको दान तथा सहयोग भने राधाकृष्ण मन्दिर, गुरुकुल आदिका लागि खर्च गरिने उहाँले जानकारी दिनुुभयो । प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सिग्देलले गर्नुुभएको थियो भने स्वागत उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो ।

 

ज्ञान महायज्ञका लागि गठित उपसमितिमा अतिथि तथा मञ्च व्यवस्थापनतर्फ विष्णुुप्रसाद पौडेल, प्रचारप्रसारतर्फ रामचन्द्र सिग्देल, आवाश तथा प्रसाद व्यवस्थापनतर्फ घनश्याम खनाल र अर्थ व्यवस्थापनतर्फ शिशुकला पौडेल संयोजक रहनुुभएको छ ।  

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्